विराटचोकः बजेटको पूर्वसन्ध्यामा हिजो शेयरबजार परिसूचक नेप्से ५ अंकले बढेर २७८२.१० बिन्दुमा अडिएको छ ।
सो दिन ३५४ कम्पनीका १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर ६० हजार ५६२ पटक कारोबार हुँदा ६ अर्ब ३ करोड ६४ हजार ८४० रुपैयाँको शेयर किनबेच भएको छ ।
वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा व्यापार समूहको परिसूचक बढे पनि वित्त, होटल तथा पर्यटन, उत्पादनशील तथा प्रशोधन र अन्य समूहको परिसूचक घटेका थिए ।
बढेको बजारमा कालिञ्चोक हाइड्रोपावर, बुङ्गल हाइड्रो तथा क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने सानिमा डिबेञ्चर, मन्जुश्री फाइनान्स लिमिटेडको डिबेञ्चर, माछापुछ्रे बैंकको डिबेञ्चर लगायत रहेका थिए ।
आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक अर्थात् ७१ करोड २२ लाख ३३ हजार ६३२ रुपैयाँको शेयर किनबेच भएको थियो । उच्च कारोबार गर्ने अन्य कम्पनीमा रिडी पावर, नेशनल हाइड्रोपावर, अपि पावर र ङादी ग्रुप रहेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ४६ अर्ब ८२ करोड ५९ लाख ५४ हजार ८७७ रुपैयाँ कायम भएको छ ।




