Wednesday, May 27, 2026
Homeअर्थघरजग्गाघरजग्गा कारोबारबाट १० महिनामा साढे ४३ अर्ब रुपैयाँ राजस्व सङ्कलन हुँदा बैशाखमा...

घरजग्गा कारोबारबाट १० महिनामा साढे ४३ अर्ब रुपैयाँ राजस्व सङ्कलन हुँदा बैशाखमा मात्रै ६ अर्ब २६ करोड सङ्कलन

विराटचोकः भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको १० महिनामा घरजग्गा कारोबारबाट ४३ अर्ब ५४ करोड रुपैयाँ राजस्व दाखिला भएको छ ।

वैशाख महिनामा मात्रै ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन चालु आर्थिक वर्षको सबैभन्दा बढी रकम हो । चैत महिनामा ६ अर्ब १६ करोड रुपैयाँ राजस्व उठेको थियो ।

चैतमा १ लाख ७६ हजार ७७१ पटक घरजग्गा कारोबार भएको थियो भने बैशाखमा १ लाख ६९ हजार ५३८ वटा कारोबार भएका थिए ।

बैशाख महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन गर्नेमा काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरू अग्रपंक्तिमा देखिएका छन् ।

बैशाखमा सङ्कलित राजस्वमध्ये रजिस्ट्रेसन दस्तुरबाट ३ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ र पूँजीगत लाभकरबाट २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ सङ्कलन भएको छ । सेवा करबाट ३४ करोड ४० लाख रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट ४ करोड ४८ लाख रुपैयाँ सङ्कलन भएको छ ।

सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन तीन करोड रुपैयाँभन्दा माथिको थैली अङ्क भएको कारोबार अनिवार्य रूपमा इजाजतपत्र प्राप्त कम्पनीमार्फत् मात्र गर्नुपर्ने व्यवस्था लागू गरेको छ । हाललाई महानगरपालिका र उपमहानगरपालिकाभित्र यो व्यवस्था अनिवार्य गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments