विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.५९ प्रतिशत अर्थात १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता शेयर ५४ हजार ४९७ पटक किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।
व्यापार समूह बाहेक सबै समूहको सूचक बढेको बजारमा जलविद्युत समूह सर्वाधिक अर्थात १.२९ प्रतिशतले बढेको छ ।
आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ४३ करोड ९५ लाख ८६ हजार १७५ रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर, नेशनल हाईड्रोपावर, अपि पावर र बुङ्गल हाईड्रो उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
क्रेष्ट माइक्रो लाइफको शेयरमूल्य सर्वाधिक अर्थात् १४.८१ प्रतिशतले बढ्दा माबिलुङ इनर्जी, बुङ्गल हाईड्रो, आँखुखोला जलविद्युत र सुपर खुदी हाईड्रो उच्च मूल्य बढ्ने अन्य कम्पनीमा परेका छन् ।
एनआईसी एशिया ब्यालेन्स्ड फण्डको मूल्य सर्वाधिक अर्थात २.५९ प्रतिशतले घट्दा उच्च मूल्य घट्ने अन्य कम्पनीमा ऋणपत्रहरु रहेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ४ अर्ब ७५ करोड ८७ लाख ४० हजार ३५७ रुपैयाँ कायम भएको छ ।




