विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १ प्रतिशत अर्थात २७.८५ अंकले बढेर २७८६.३५ बिन्दुमा अडिएको छ । शुक्रबार नेप्से परिसूचक १६ अंकले बढेको थियो ।
नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर ७५ हजार ८५६ पटक किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँको शेयर कारोबार भएको छ ।
सामुहिक लगानी कोष समूह ०.२० प्रतिशतले घटेबाहेक बाँकी सबै समूहको सूचक बढ्दा जलविद्यतु समूह सर्वाधिक अर्थात् १.५० प्रतिशतले बढेको छ ।
सूचक बढेको बजारमा आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ६० करोड २० लाख १४ हजार ४०४ रुपैयाँको कारोबार भएको छ । आँखु खोलाको १४ लाख ५१ हजार कित्ता शेयर कारोबार भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा रिडी पावर, अपि पावर, नेशनल हाईड्रोपावर र ङादी ग्रुप पावर रहेका छन् ।
आज थ्री स्टार हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ९.०१ प्रतिशतले बढ्दा बुङ्गल हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात १०.३२ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ५२ अर्ब २६ करोड ८५ लाख ४१ हजार १६० रुपैयाँ कायम भएको छ ।




