Friday, May 22, 2026
Homeश्रम र रोजगारकानेपोखरीमा अपाङ्गता भएका व्यक्तिहरुलाई साबुन बनाउने तालिम शुरु

कानेपोखरीमा अपाङ्गता भएका व्यक्तिहरुलाई साबुन बनाउने तालिम शुरु

कानेपोखरीः हिजोदेखि मोरङको कानेपोखरी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई साबुन बनाउने सीपमूलक तालिम शुरु गरेको छ ।

कानेपोखरी गाउँपालिका वडा नं. २ को आदिवासी जनजाति भवनमा साबुन बनाउने सीपमूलक तालिम शुरु भएको हो । कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको थियो ।

सो तालिममा कानेपोखरी गाउँपालिका क्षेत्रभित्रका अपाङ्गता भएका व्यक्ति सहभागी रहेका छन् । कानेपोखरी गाउँपालिकाको आर्थिक सहयोग र नवप्रगति संस्था(ओपिडी) कानेपोखरी गाउँपालिकाको आयोजनामा तालिम शुरु भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments