इटहरीः नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको १४ औँ साधारणसभा हिजो सम्पन्न भएको छ । साधारणसभामा चार जना सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।
पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डेद्वारा स्थापित ‘चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार शशि कोइराला सम्मानित हुनुभएको छ ।
‘प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार विवेक भट्टराई सम्मानित हुनुभएको छ ।
‘डम्बरबहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार रश्मि प्रधान सम्मानित हुनुभएको छ ।
‘रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार सुनिल चौधरी सम्मानित हुनुभएको छ ।
सम्मानित हुने पत्रकारलाई कार्यक्रमकी प्रमुख अतिथि नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालगायतका अतिथिले सम्मानपत्र, दोसल्ला र नगद प्रदान गरी सम्मान गर्नुभएको थियो ।
साधारणसभामा संघका सचिव विनय बाराकोटीले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष विवेक रेग्मीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको थियो ।




