Thursday, May 21, 2026
Homeअर्थशेयर१२ अंकभन्दा बढीले सूचक घटेको शेयर बजारमा बढ्यो कारोबार रकम

१२ अंकभन्दा बढीले सूचक घटेको शेयर बजारमा बढ्यो कारोबार रकम

विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४४ प्रतिशत अर्थात् १२.३६ अंकले घटेर २७४२.११ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर ४४ हजार ७४४ पटक किनबेच हुँदा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ३ अर्ब ८२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

सामुहिक लगानी कोष समूह ०.१४ प्रतिशतले बढ्दा व्यापार समूह स्थिर रह्यो । होटल समूह सर्वाधिक अर्थात् ०.८६ प्रतिशतले घटेको छ ।

कारोबारमा आएकामध्ये आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात १७ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच हुँदा रिडी पावर, बुङ्गल हाईड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर र फस्र्ट माइक्रोफाइनान्स उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

आज बुङ्गल हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ९.२६ प्रतिशतले बढ्दा अपर लोहरे खोलाको शेयरमूल्य सर्वाधिक अर्थात १४.९५ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ७६ अर्ब ८१ करोड ४३ लाख २० हजार १५१ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments