Thursday, May 21, 2026
Homeशिक्षा र स्वास्थ्यकक्षा ११ को पठनपाठन असार १ गतेदेखि शुरु हुने

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि शुरु हुने

विराटचोकः कक्षा ११ को पठन पाठन असार १ गतेबाट शुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठनपाठन असार १ गतेदेखि शुरु गर्न निर्देशन दिएको हो ।

केन्द्रले बिहीबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भइसकेकाले कक्षा ११ को भर्ना प्रक्रिया र पठनपाठन निर्धारित समयमै सञ्चालन गर्न आग्रह गरेको हो ।

सूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार देशभरका शिक्षा विकास तथा समन्वय इकाइमार्फत् विद्यालयहरूलाई असार १ गतेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको उल्लेख छ ।

स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्न तथा विद्यालयलाई निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments