Wednesday, May 20, 2026
Homeअर्थशेयर३० अंकले बढेको शेयर बजारमा कारोबार रकम ४ अर्ब नजिक

३० अंकले बढेको शेयर बजारमा कारोबार रकम ४ अर्ब नजिक

विराटचोकः आज शेयर बजार सूचक नेप्से र कारोबार रकम दुवै बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.१० प्रतिशत अर्थात ३०.०८ अंकले बढेर २७५४.४८ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर ५२ हजार ३३६ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँको शेयर किनबेच भएको छ ।

१३ वटै समूहमा हरियाली छाउँदा जलविद्युत र होटल समूह सर्वाधिक अर्थात् समान १.८९ प्रतिशतले बढेका छन् । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सर्वाधिक अर्थात १८ करोड ३५ लाख १३ हजार ४३७ रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै आँखुखोला जलविद्युत, अपि पावर कम्पनी, रिडी पावर र नेशनल हाईड्रोपावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

आज अपर लोहरे खोलाको शेयरमूल्य १५ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार भएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक अर्थात १३.२६ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ९७ अर्ब ९० करोड ३५ लाख २१ हजार ३२ रुपैयाँको भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments