Tuesday, May 19, 2026
Homeराजनीतिकोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि

कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि

विराटनगरः भोलि जेठ ६ गते दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा कोशी प्रदेश सभाको नवौं अधिवेशन बैठक बस्ने भएको छ ।

बैठकको तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ । कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि प्रदेश सभा सचिवालय हाल कटहरीबाट सञ्चालन हुँदै आएको छ । सचिवालय भवनमा बैठक सञ्चालनको पर्याप्त तयारी नभएकाले यसपटक पनि वीरेन्द्र सभा गृहबाटै अधिवेशन सञ्चालन हुने भएको हो ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम पर्सि जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments