Tuesday, May 19, 2026
Homeश्रम र रोजगारगोठगाउँमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा सुन्दरहरैंचा महिला मञ्चको समन्वयमा...

गोठगाउँमा घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा सुन्दरहरैंचा महिला मञ्चको समन्वयमा उद्यमशीलता विकास तालिम शुरु

गोठगाउँः मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा उद्यमशीलता विकास तालिम कार्यक्रम शुरु भएको छ । सोमबार शुरु भएको तालिम सात दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

तालिम संयोजक संस्था सुन्दरहरैंचा महिला मञ्चकी अध्यक्ष विमला अधिकारीका अनुसार वडाका उद्यम गर्ने चाहना भएका ३२ जना महिला तालिममा सहभागी भएका छन् ।

आयोजक संस्था घरेलु तथा साना उद्योग कार्यालय कोशी प्रदेशले २५ जनालाई तालिम दिने निर्णय गरे पनि आवेदन दिने र व्यवसाय गर्न इच्छुक सबैलाई तालिममा सहभागी गराइएको मञ्चकी सचिव जानुका ओझा बताउनुहुन्छ ।

तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरले तालिमको महत्व बुझेर व्यावसायिक बन्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय कोशी प्रदेशका प्रमुख भवानी घिमिरेले आफूले सिकेको सीप कहिल्यै खेर नजाने बताउँदै सीप आर्जनपछि सफल व्यवसायी बन्न सुझाव दिनुभयो ।

प्रशिक्षक यमुना भण्डारीले दिइरहनुभएको प्रशिक्षणमा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का ३२ जना प्रशिक्षार्थी सहभागी हुनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments