Saturday, May 16, 2026
Homeखेलकुदसुन्दरहरैंचामा आजदेखि सुन्दर खोर्साने युवा क्लबको आयोजनामा गोल्डकप हुँदै

सुन्दरहरैंचामा आजदेखि सुन्दर खोर्साने युवा क्लबको आयोजनामा गोल्डकप हुँदै

खोर्सानेः मोरङको सुन्दरहरैंचामा आज जेठ २ गतेदेखि प्रथम अन्तरराष्ट्रिय सुन्दर खोर्साने गोल्डकप हुने भएको छ । दिउँसो ३ बजे हुने उद्घाटन खेलमा धरान फुटबल क्लब र सशस्त्र प्रहरी बलबीच प्रतिष्पर्धा हुने भएको हो ।

आयोजकका अनुसार आजको विजेता टिमले भोलिको विजेता टिमसँग जेठ ६ गते सेमीफाइनल खेल खेल्नेछ । भोलि दार्जिलिङको टिम र सलहेश फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

आयोजकका अनुसार जेठ ४ गते सतिसाले स्पोर्टिङ क्लब र बिर्तामोड युनाइटेड झापाबीच खेल हुने भएको छ ।

जेठ ५ गते आयोजक सुन्दर खोर्साने युवा क्लब र राष्ट्रिय जागृति क्लब सुनसरीबीच खेल हुने भएको छ ।

खेलको विजेता टिमले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँको साथमा ट्रफी पाउनेछन् । हरेक दिनको म्यान अफ द म्याच विजेताले नगद ५ हजार १०० रुपैयाँको साथमा पदक प्राप्त गर्नेछन् ।

खेल अवधिभरमा धेरै गोल गर्ने खेलाडी, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी, उत्कृष्ट किपरलगायतलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments