खोर्सानेः मोरङको सुन्दरहरैँचा–१० खोर्साने स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै पुरस्कार वितरण गरेको हो । परीक्षामा ४ जीपीए ल्याउने ६ जना विद्यार्थीलाई विद्यालयले जनही १ लाख रुपैयाँसहित सम्मान गरेको हो ।
सो विद्यालयबाट यस वर्ष एसईई परीक्षामा सहभागी सबै १२१ जना विद्यार्थी उत्तीर्ण भएकामा तीमध्ये ६ जना विद्यार्थीले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ । विद्यालयले तिनै विद्यार्थीलाई अभिभावकको साथमा जनही १ लाख रुपैयाँको चेक प्रदान गरेको हो ।
विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतका अनुसार सबै विद्यार्थीले ३ जीपीएभन्दा माथिको नतिजा हासिल गरेका छन्
विद्यार्थीलाई पुरस्कृत गर्न आयोजित कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको उपस्थिति रहेको थियो ।




