काठमाडौंः विश्वकप लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
नेपालका डा. इशान पाण्डेले ओडीआई डेब्यु गर्दैछन् । उनलाई करण केसीले डेब्यु क्याप दिएका थिए ।
खेल टियु क्रिकेट मैदानमा जारी छ । आजको खेलमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी बेन्चमा रहेका छन् ।
आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । नेपाल अहिले २५ खेलपछि आठमा जीत, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ ।
अमेरिका २५ खेलबाट १८ मा जीत, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ ।
स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जीत, आठमा हार र ६ वटा खेल अनिर्णित हुँदा ३८ अंक जोडेको छ ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौं स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ ।




