विराटचोकः जेठ महिनाको पहिलो दिन आज शेयर बजारमा सामान्य सुधार आएको छ । नेप्सेमा सूचीकृत १३ समूहमध्ये ७ समूहमा हरियाली छाउँदा नेप्से झिनो अंकले बढेको हो ।
आज नेप्से परिसूचक १.७७ अंक बढेर २७३१.९४ बिन्दुमा अडिँदा कारोबार रकम भने सामान्य घटेको छ । हिजो ३ अर्ब २९ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज २० करोड कम रुपैयाँको शेयर किनबेच भएको हो ।
आज ३३८ कम्पनीको ४३ हजार ६७४ पटकको कारोबारमा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ रुपैयाँको ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर किनबेच भएको छ ।
बढेको बजार ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक अर्थात् ७.७१ प्रतिशत बढेको छ । मोदी इनर्जीको शेयरमूल्य ५.२६ प्रतिशत बढेको छ । युनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.७९ प्रतिशतले घट्दा क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयरमूल्य ५.८१ प्रतिशत घटेको छ ।
सर्वाधिक मूल्य घटेको युनियन हाइड्रोपावरको सर्वाधिक राशीको शेयर बिक्री भएको छ । सो कम्पनीको ३० करोड ६६ लाख ४९ हजार ५२७ रुपैयाँको शेयर किनबेच भएको छ । अपि पावर, रिलायन्स स्पिनिङ्ग मिल्स, एसवाई प्यानल नेपाल र नेशनल हाइड्रोपावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
७ समूहको सूचक बढ्दा बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार समूहको परिसूचक सामान्य बढेका हुन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ५९ अर्ब ४७ करोड ३९ लाख १ हजार ४२९ रुपैयाँ कायम भएको छ ।




