विराटचोकः मोदी इनर्जी लिमिटेडको २ करोड २६ लाख ३० हजार ४६० कित्ता शेयरको लक इन हिजो बैशाख ३० गतेदेखि सकिएको छ ।
जसमा संस्थापक शेयर संख्या २ करोड १७ लाख ५० हजार कित्ता, कर्मचारीको शेयर संख्या ७६ हजार ७० कित्ता र स्थानीयहरुको शेयर संख्या ८ लाख ४ हजार ३९० कित्ता रहेको छ ।
कम्पनीको सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने यो नियमअनुसार शेयर रोक्का रहिरहने कम्पनीले जनाएको छ ।





