विराटचोकः आज शेयर बजार मापक नेप्से परिसूचक ४.१५ अंक अर्थात् ०.१५ प्रतिशतले घटेर २७४०.२५ अंकमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३३९ कम्पनीको ५६ लाख ४३ हजार २८८ कित्ता शेयर ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूह ०.४७ प्रतिशत र व्यापार समूह १.५ प्रतिशतले बढेको छ । बाँकी सबै समूहका सूचक राताम्य भएका छन् । निर्जीवन बीमा समूह सर्वाधिक अर्थात् ०.६१ प्रतिशतले घटेको छ ।
एशियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ११.४२ प्रतिशतले बढेको छ भने धौलागिरि लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ११.१७ प्रतिशत घटेको छ ।
घटेको बजारमा एसवाई प्यानल नेपालको सर्वाधिक अर्थात् २७ करोड ७९ लाख ४६ हजार ५२७ रुपैयाँको शेयर कारोबार भएको छ ।
रिडी हाइड्रोपावर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
बजार घटेसँगै समग्र बजार पूूँजीकरण ४६ खर्ब ७३ अर्ब ६४ करोड ९ लाख ८९ हजार ९२ रुपैयाँ कायम भएको छ ।




