Wednesday, May 13, 2026
Homeराजनीतिरास्वपाको पहिलो महाधिवेशन भदौमा हुने सम्भावना, जेठ २ गतेदेखि विभिन्न तहका भेला...

रास्वपाको पहिलो महाधिवेशन भदौमा हुने सम्भावना, जेठ २ गतेदेखि विभिन्न तहका भेला र अधिवेशन हुने

काठमाडौंः यसअघि फागुनमा गर्ने गरी तय भएको महाधिवशेनको मिति चुनावका कारणले स्थगित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन भदौ महिनामा हुने सम्भावना रहेको जनाइएको छ । मिति तोक्न भने बाँकी रहेको छ ।

वडा र पालिका अधिवेशन दुई चरणमा गर्ने गरी निर्णय गरिएको छ । महाधिवेशन केन्द्रित हुने गरी समिति गठन नभएका वडाहरुको भेला जेठ २ गतेका लागि बोलाइएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार वैशाख २० अघि समिति गठन भएका वडाको अधिवेशनको मिति जेठ ३ गतेका लागि तोकिएको छ ।

जेठ ९ गते पालिका भेला गर्ने निर्णय गरेको सचिवालय बैठकले वैशाख २५ गते अघि समिति गठन भएका पालिकाहरूको अधिवेशन जेठ १० गते गर्ने निर्णय गरेको छ ।

जेठ ३ अगाडि गठन भएका बाँकी वडा समितिले त्यही महिनाको १६ गते वडा अधिवेशन गर्नुपर्नेछ । जेठ १० गते अगाडि समिति गठन भएका बाँकी पालिकाको अधिवेशन जेठ १७ गतेका लागि तोकिएको छ ।

जेठ २३ र २४ मा जिल्ला अधिवेशन तोकेको रास्वपाले प्रदेश र केन्द्रीय महाधिवेशनको मिति भने टुंगो लगाएको छैन । महाधिवेशनका लागि ६ महिना अवधि राखेर बोलाउनुपर्ने विधानले व्यवस्था गरेको छ । निर्वाचन समितिले केन्द्रीय समितिलाई महाधिवेशन गर्न सिफारिस गरेपछि केन्द्रीय समितिले महाधिवेशनको मिति तोक्नुपर्ने हुन्छ ।

भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने गरी तयारी भएको नेताहरूले जानकारी गराएका छन् । चुनावको छ महिनापछि महाधिवेशन गर्ने गरी सौराहाको विस्तारित बैठकले निर्णय गरेको थियो । तत्कालीन समयमा गरिएको निर्णयअनुसार महाधिवेशन गर्दा भदौमा प्रथम महाधिवेशन गर्नुपर्दछ ।

रास्वपाको निर्वाचन आयोगका अनुसार चुनावअघि ४५२ वडा र ६२ पालिकाको अधिवेशन सकिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments