Tuesday, May 12, 2026
Homeअर्थशेयरसरकारको नीति तथा कार्यक्रमलाई पत्याएन शेयर बजारले

सरकारको नीति तथा कार्यक्रमलाई पत्याएन शेयर बजारले

विराटचोकः हिजो सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने दिन हरियाली छाएको नेपाली शेयर बजार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि आज भने राताम्य भएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.४१ प्रतिशत अर्थात ३९.४४ अंकले घटेर २७४४.४० विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३३८ कम्पनीका १ करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर ६२ हजार ५१२ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँको शेयर कारोबार भएको छ । हिजो ४ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

आज सामुहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूहमा रातो पोतिएको छ छ । व्यापार समूह सर्वाधिक अर्थात २.३३ प्रतिशतले घटेको छ ।

कारोबार रकम बढेको बजारमा नेशनल हाईड्रोपावरको सर्वाधिक अर्थात १८ करोड ९९ लाख ४३ हजार ३०४ रुपैयाँको शेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, शिवम् सिमेन्ट, एसवाई प्यानल नेपाल उच्च कारोबार गर्ने कम्पनीमा परेका छन्।

सूचक ओरालो लागेको बजारमा धौलागिरी लघुवित्तको शेयरमूल्य भने १५ प्रतिशत बढेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् १२.४० प्रतिशतले सस्तिएको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ८० अर्ब ७२ करोड ४५ लाख १०२ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments