Thursday, May 21, 2026
Homeसमाचारप्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारणको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि...

प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारणको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान

विराटचोकः प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रशारण (पीएसबी) नेपालको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै यी तीन वटै पदका लागि १८ जेठसम्म आवेदन दिन सकिने जनाएको छ । दरखास्तसम्बन्धी थप विवरण मन्त्रालयको बेवसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ ।

सरकारले अध्यादेश ल्याएर पदाधिकारीहरूलाई पदमुक्त गरेपछि प्रेस काउन्सिल र पीएसबी नेतृत्वविहीन भएका थिए । गोरखापत्रको महाप्रबन्धकबाट भने लालबहादुर ऐरी कार्यकाल पूरा गरी बिदा भएका थिए ।

ती रिक्त पदका लागि १२ दिनको समय दिएर दरखास्त आह्वान गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments