Sunday, May 3, 2026
Homeसमाचारहराएको खुकुरी खोज्न गएका दुई जनाको भीरबाट लडेर मृत्यु

हराएको खुकुरी खोज्न गएका दुई जनाको भीरबाट लडेर मृत्यु

खोटाङः खोटाङको वराहपोखरी गाउँपालिकामा भीरबाट लड्दा दुई जनाको ज्यान गएको छ ।

वराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनीकुमार राई शनिबार दिउँसो ढकालेखोला आसपासको भीरबाट खसेका थिए । दुवै जना घटनास्थलमै मृत फेला परेका हुन् ।

स्थानीयका अनुसार बमबहादुर अघिल्लो दिन घाँस काट्न जाँदा हराएको खुकुरी खोज्न छिमेकी मनीकुमारलाई साथमा लिएर ढकालेखोला भीर पुगेका थिए । त्यस क्रममा भीरको अप्ठ्यारो भागमा पुगेपछि एक जना चिप्लिएको र जोगाउने प्रयासमा अर्को पनि सँगै तानिँदा दुवै जनाले सन्तुलन गुमाएर भीरबाट खसेर ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments