Monday, April 27, 2026
Homeसमाचारचट्याङ लागेर बाबुछोराको मृत्यु, ४ जना घाइते

चट्याङ लागेर बाबुछोराको मृत्यु, ४ जना घाइते

प्युठानः प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ६ लिबाङमा हिजो परेको चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको मृत्यु भएको हो । मृतक दुवैजनाको शव जिल्ला अस्पतालमा राखिएको र आज सोमबार पोस्टमार्टम गरिने बताइएको छ ।

त्यस्तै, चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाइते भएका छन् । वडानम्बर ४ की २४ वर्षीया सिर्जना न्यौपाने र वडानम्बर ६ की ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्युठानकै माण्डवी गाउँपालिका–२ रातापानीमा पनि चट्याङ लागेर दुई दिदीबहिनी घाइते भएका छन् । २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments