Sunday, April 26, 2026
Homeसमाचारसर्लाहीमा चट्याङपछिको आगलागीमा परेर १४ चौपायाको मृत्यु, एक जना मानिस घाइते

सर्लाहीमा चट्याङपछिको आगलागीमा परेर १४ चौपायाको मृत्यु, एक जना मानिस घाइते

मलगंवाः हिजो राति साढे ११ बजे सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले लागेर १४ पशु चौपायाको मृत्यु भएको छ । एक जना मानिस घाईते भएका छन् ।

सो घटनामा चट्याङले लागेर स्थानीय ६० वर्षीय सीताराम यादव घाइते भएका हुन् । उनको टाउकोसहित शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । घाइते यादवलाई तत्काल उपचारका लागि रौतहटस्थित तराई अस्पतालमा लगिएको छ । उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे आइतबार बिहान करिब ३ बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । चट्याङ परेपछि आगलागी भई यादवको घर गोठमा रहेको पशु चौपाया, अन्नपात तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चट्याङकै कारण ९ वटा बाख्रा र ५ वटा भैँसी जलेर मरेका छन् भने एउटा पाडो घाइते भएको छ । घरमा राखिएको करिब १ क्वीन्टल चामल, १० क्वीन्टल धान, २ क्वीन्टल गहुँ, १ क्वीन्टल मुसुरोको दाल, भाँडावर्तन तथा लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments