Sunday, April 26, 2026
Homeसमाचारबुटवलमा पनि शुरु भयो सुकुम्बासी बस्ती हटाउने काम

बुटवलमा पनि शुरु भयो सुकुम्बासी बस्ती हटाउने काम

बुटवलः काठमाडौं महानगरपालिकापछि आज बिहानै रुपन्देहीको बुटवल उपमहानगरपालिकाका सुकुम्बासी बस्तीका घरटहरा हटाउन थालिएको छ ।

उपमहानगरको निर्देशनपछि बिहानैदेखि त्यहाँ बनेका आधा दर्जन टहराधनीले सामान अन्यत्र सार्न थालेका छन् । बुटवल उपमहानगरपालिकाले वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गर्न शुरु गरेको हो ।

सो सरकारी जग्गामा बनेका संरचना हटाउन २०७० सालमै सूचना जारी गरिए पनि बस्ती हटेको थिएन । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन थालिएको हो ।

बुटवल उपमहानगरपालिकाले शनिबार साँझ अबेर माइकिङ गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन अनुरोध गरेको थियो ।

त्यहाँ बनेका अधिकांश टहरामा चिया पसल र रेष्टुरेन्ट थिए ।

सरकारले आजै भक्तपुरको मनोहरा खोला किनारको सुकुम्बासी बस्ती पनि हटाउन शुरु गरेको छ ।

हिजो काठमाडौंको थापाथली, गैरीगाउँ र सिनामंगलका सुकुम्बासी बस्ती हटाइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments