Saturday, April 25, 2026
Homeसमाचारसुकुम्बासी बस्ती भत्काउँदा फुट्यो खानेपानीको पाइप, केही स्थानमा हुने भो खानेपानी आपूर्ति...

सुकुम्बासी बस्ती भत्काउँदा फुट्यो खानेपानीको पाइप, केही स्थानमा हुने भो खानेपानी आपूर्ति बन्द, भिजे सुकुम्बासीले पोको पारेका सामान

काठमाडौंः थापाथलीस्थित सुकम्बासी बस्तीमा डोजरले संरचना भत्काउने क्रममा खानेपानीको पाइप फुटेको छ । खानेपानीको पाइप फुटेपछि बालाजु, माइतीघर र एकान्तकुना क्षेत्रमा खानेपानी आपूर्ति अवरूद्ध हुने भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार फुटेको खानेपानी पाइप मर्मतका क्रममा भल्भहरू बन्द गर्नुपर्ने हुनाले ती क्षेत्रमा खानेपानी वितरण सेवा अवरुद्ध हुने भएको हो ।

थापाथलीस्थित सुकुम्बासी बस्तीका टहरा भत्काउने क्रममा खानेपानीको पाइप फुटेपछि बस्तीमा पानीको भेल बगेको थियो । पानीले सुकुम्बासी बस्तीका बासिन्दाले स्थानान्तरणको लागि पोको पारेका सामान भिजेका छन् ।

थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर, भत्काउन थालियो संरचना, त्यहाँका सुकुम्बासीलाई दशरथ रङ्गशालामा लगिने

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments