Saturday, April 25, 2026
Homeसमाचारथापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर, भत्काउन थालियो संरचना, त्यहाँका सुकुम्बासीलाई दशरथ रङ्गशालामा लगिने

थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर, भत्काउन थालियो संरचना, त्यहाँका सुकुम्बासीलाई दशरथ रङ्गशालामा लगिने

काठमाडौंः थापाथलीको सुकुम्बासी क्षेत्रमा बिहान साढे ८ बजेदेखि डोजर परिचालन गरेर बस्ती खाली गरिएको छ ।

ती बस्तीमा आश्रित परिवारलाई तत्कालको लागि दशरथ रङ्गशालामा राखिने भएको छ । केही परिवारले भने कोठा खोजेर सामान सारेको जनाएका छन् ।

ती डोजरले सडक छेउका संरचना भत्काउनुका साथै सुकुम्बासी बस्तीभित्रका अन्य संरचना पनि भत्काएका छन् ।

संरचना भत्काउनुअघि सो क्षेत्रको बिजुली काटिएको थियो ।

थापाथलीको बस्ती खाली गरेपछि काठमाडौं महानगरपालिकाभित्रका अन्य सुकुम्बासी बस्ती पनि हटाइने भएको छ ।

हटाइएकामध्ये वास्तविक सुकुम्बासी पहिचान गरेर स्थानान्तरण गरिने सरकारले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments