Saturday, April 25, 2026
Homeफिचरविवादमा परे ओखलढुङ्गाबाट निर्वाचित रास्वपा सांसद विश्वराज पोखरेल

विवादमा परे ओखलढुङ्गाबाट निर्वाचित रास्वपा सांसद विश्वराज पोखरेल

काठमाडौंः ओखलढुङ्गाबाट निर्वाचित रास्वपाका सांसद विश्वराज पोखरेलले आफ्नो क्षेत्रको विद्यालयका प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । सर्वत्र आलोचना र विरोध भएपछि सांसद पोखरेल विवादित बनेका छन् ।

पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको भन्दै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ । जिल्लाको एउटा माननीय आउँदा हेडमास्टर भित्र चुप लागेर बस्ने ?’

सांसद पोखरेलको बोलीलाई लिएर पार्टीभित्र र बाहिरबाट उनको अभिव्यक्ति प्रति विरोध हुन थालेको छ ।

पूर्वशिक्षामन्त्री महावीर पुनले आफ्नो स्वागत गरेनन् भनेर प्रधानाध्यापकलाई थर्काउने पोखरेललाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित रास्वपाका सांसद गणेश कार्कीले जितेको दुई महिना नहुँदै जनताले थर्काउने र आफूलाई माननीय भन्नुपर्ने पोखरेलको अभिव्यक्ति र व्यवहारप्रति दुःख व्यक्त गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments