Wednesday, April 22, 2026
Homeशिक्षा र स्वास्थ्यपूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसद्वारा शिक्षामन्त्रीसमक्ष विभिन्न माग

पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसद्वारा शिक्षामन्त्रीसमक्ष विभिन्न माग

धरानः पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको अनुगमनका लागि धरान आएका शिक्षा मन्त्री सस्मित पोख्रेलसँग क्याम्पसको जीर्ण संरचना मर्मत, आधुनिक ल्याब, विद्यार्थी सुविधा विस्तारको लागि १ अर्ब रुपैयाँभन्दा बढी बजेट माग गरिएको छ ।

मन्त्री पोखरेलले वित्तीय प्रतिवेदन हेरेर विश्वविद्यालयसँग कुरा गर्ने जवाफ दिएका छन् । क्याम्पस प्रमुख काजीमान कार्कीले मन्त्री पोख्रेललाई क्याम्पसका भौतिक संरचना जीर्ण बन्दै गएको, ल्याबमा आधुनिक उपकरण अभाव, विद्यार्थी सुविधा विस्तारका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

४ दशकभन्दा पुराना भवनमा २०४५ सालदेखि रङरोगन नगरिएको, क्याम्पसमा शुद्ध खानेपानीको व्यवस्था गर्न कम्तीमा ३ वटा फिल्टर प्लान्ट आवश्यक रहेको, हाल सञ्चालनमा रहेको महिला छात्रावासमा एक तला थप्नेलगायतका योजना क्याम्पस प्रमुख कार्कीले मन्त्री पोखरेलसमक्ष माग गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments