विराटचोकः आज दिनभर नेप्से २७६३ देखि २७७२ आसपास घुुमिरहेकोमा अन्तिम आधा घण्टाको समयमा भने २८०० माथि उक्लिएर अडिएको छ । कारोबार रकम पनि हिजोको भन्दा बढेको छ । हिजो ५ अर्ब ४३ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ७ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१० प्रतिशत अर्थात् २.९५ अङ्कले घटेर २ हजार ८०४.१७ विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर १ लाख २१ हजार ४३३ पटक किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँको शेयर किनबेच भएको छ ।
५ वटा समूहमा हरियाली छाए पनि ८ वटा समूहमा रातो पोतिएको थियो । आज फाइनान्स समूह सर्वाधिक अर्थात ०.५८ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बीमा समूह ०.३८ प्रतिशत, बैंकिङ समूह ०.१३ र लगानी समूह ०.०९ प्रतिशतले बढेका छन् ।
होटल समूह सर्वाधिक अर्थात् २.३६ प्रतिशतले घट्दा विकास बैंक समूह ०.२७ प्रतिशत, हाईड्रो ०.०६, जीवन बीमा ०.२५, लघुवित्त ०.१५, सामुहिक लगानी कोष ०.४०, व्यापार १.१० प्रतिशत र अन्य समूह ०.०३ प्रतिशतले ओरालो लागेका छन् ।
आज नेशनल हाईड्रोपावरको सर्वाधिक अर्थात ४१ करोड ३४ लाख ७८ हजार ३८० रुपैयाँको शेयर किनबेच हुँदा रिलायन्स स्पनिङ मिल्स, सोलु हाईड्रोपावर, होटल फरेस्ट इन र एसवाई प्यानल नेपालको उच्च कारोबार भएको छ ।
पाल्पा सिमेन्ट, सूर्यकुण्ड हाईड्रो र शिखर पावर डेभलपमेन्टको सेयरमूल्य १५ प्रतिशत बढ्दा झापा इनर्जीको शेयरमूल्य १४ प्रतिशतले बढेको छ
होटल फरेस्ट इनको शेयरमूल्य सर्वाधिक अर्थात १०.७५ प्रतिशतले घट्दा एशियन हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक पनि उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ८२ अर्ब ६५ करोड ५४ लाख २३ हजार ६७७ रुपैयाँ कायम भएको छ ।



