Sunday, April 19, 2026
Homeअर्थशेयरगत साता नेप्से स्थिर, साताभरमा ०.०२ प्रतिशत अर्थात् ०.६३ अङ्कमात्रै वृद्धि

गत साता नेप्से स्थिर, साताभरमा ०.०२ प्रतिशत अर्थात् ०.६३ अङ्कमात्रै वृद्धि

विराटचोकः गत साता नेप्से स्थिर बनेको छ । सातामा ४ दिन कारोबार हुँदा नेप्से ०.६३ अङ्क अर्थात् ०.०२ प्रतिशतमात्रै बढेको छ । अघिल्लो साता २८३७.७७ बिन्दुमा बन्द भएको नेप्से गत साता २८३८.४० बिन्दुमा रोकिएको हो ।

४ कारोबारमध्ये २ दिन नेप्से बढेको थियो भने २ दिन घटेको थियो । सातामा कारोबार रकम भने घटेको छ । अघिल्लो साता दैनिक औसतमा ९ अर्ब ५४ करोड रुपैयाँको शेयर किनबेच भएकोमा गत साता दैनिक औसतमा ८ अर्ब ९९ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको छ ।

सातामा नेप्सेको कुल बजार पूँजीकरण सामान्य बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४८ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण गत साता ४८ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

साताभरमा ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ५.१३ प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक २.८४ प्रतिशत घटेको छ ।

गत साता २ कम्पनीको २१ लाख ९२ हजार ३८० कित्ता नेप्सेमा सूचीकृत भएको छ । कालिका लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

साताभरमा भर्खरै आइपीओ सूचीकृत भएको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य सर्वाधिक ४६.४० प्रतिशत बढेको छ । क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ५.९३ प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments