Wednesday, June 3, 2026
Homeसमाचारहुरीले लडाएको रुख टेम्पोमा बजारिँदा २ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते

हुरीले लडाएको रुख टेम्पोमा बजारिँदा २ जनाको घटनास्थलमै मृत्यु, ४ जना घाइते

जलेश्वरः महोत्तरीको जलेश्वरमा शनिबार साँझ आएको हुरीका कारण लडेको रुख टेम्पोमाथि बजारिँदा दुई जनाको मृत्यु भएको छ । ३ जना गम्भीर र १ जना सामान्य घाइते छन् ।

जलेश्वरको प्रकौली आर्मी क्याम्प अगाडि भएको सो दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० की ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका–३ बस्ने ३३ वर्षीय राहुल मल्लिक छन् ।

घाइते हुनेहरूमा टेम्पो चालक महोत्तरीको जलेश्वर नगरपालिका ११ बस्ने ५२ वर्षीय हरेन्द्र ठाकुर, एकडारा गाउँपालिका–३ बस्ने ४३ वर्षीया फेकनीदेवी मल्लिक, जनकपुरधाम–१२ बस्ने १७ वर्षीय धीरज मलिक र जनकपुरधाम–२० बस्ने १४ वर्षीया रिया पण्डित छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments