विराटचोकः मोरङको सुन्दरहरैंचाकी क्यान्सरपीडित उमा खड्कालाई एनआरएनए बहराइनको पहलमा आर्थिक सहयोग गरिएको छ । क्यान्सर पीडित खड्का विगतमा बहराइनमा बसोबास गर्दै आउनुभएको थियो ।
आज सुन्दरहरैँचा नगरपालिका–१२ स्थित उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच १ लाख १ हजार ४६० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।
एनआरएनए बहराइनकी महिला संयोजक सरु लामा गुरुङले सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकाल, सञ्चारकर्मी, स्थानीय तथा आफन्तको उपस्थितिमा सहयोग प्रदान गरिएको थियो ।



