Saturday, April 18, 2026
Homeअर्थशेयरसाताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य सुधार

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य सुधार

विराटचोकः साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हिजो ०.१८ प्रतिशत अर्थात् ५.३६ अङ्कले बढेर २ हजार ८३८.४० बिन्दुमा अडिँदा कारोबार रकम ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार ९८ रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा सूचीकृत ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता शेयर ९६ हजार ७२३ पटक किनबेच भएको थियो । कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाउँदा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले बढेको छ ।

होटल समूह १.३८ प्रतिशत, जलविद्युत समूह ०.६७ प्रतिशत, अन्य समूह ०.५६ प्रतिशत र व्यापार समूह ०.०३ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह सर्वाधिक अर्थात ०.५१ प्रतिशतले बढेको छ ।

बैंकिङ समूह ०.२७ प्रतिशत, विकास बैंक ०.३८, फाइनान्स ०.३२, लगानी ०.०९, जीवन बीमा ०.०७, लघुवित्त ०.३३, म्युचुअल फण्ड ०.१३ र निर्जीवन बीमा ०.५१ प्रतिशतले घट्यो ।

नेशनल हाईड्रोपावरको सर्वाधिक अर्थात ६६ करोड ८६ लाख ३७ हजार १५१ रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाईड्रोको ३७ करोड २६ लाख, रिडी पावरको ३४ करोड २ लाख र रिलायन्स स्पीनिङ मिल्सको ३२ करोड ९५ लाख र हिमाल दोलखा हाइड्रोपावरको २५ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

५ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । रिज लाइन इनर्जी, सूर्यकुण्ड हाईड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्टस्को शेयरमूल्य १० प्रतिशत बढेको हो । एशियन हाइड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ४.५४ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४८ खर्ब ४१ अर्ब ३ करोड ६६ लाख ८५ हजार ५०९ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments