Thursday, April 16, 2026
Homeखेलकुदआजदेखि सलकपुरमा टी २० कप क्रिकेट प्रतियोगिता हुने

आजदेखि सलकपुरमा टी २० कप क्रिकेट प्रतियोगिता हुने

विराटचोकः इन्द्रपुर क्रिकेट क्लब सुन्दरहरैंचाको आयोजनामा आजदेखि मोरङ मोरङको सुन्दरहरैंचामा “सुन्दरहरैंचा टी २० कप क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ ।

बैशाख ६ गतेसम्म सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८, सलकपुरस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा सुन्दरहरैंचाका ६ टिम सहभागी छन् । प्रतियोगिताको उद्घाटन आज बिहान ८ बजे हुने आयोजकले हिजो साँझ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

स्थानीय स्तरमा क्रिकेट खेलको विकास तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नगरका विभिन्न स्थानलाई चिनाउने गरी टिमहरूको नामाकरण गरिएको छ ।

सहभागी टोलीहरूमा भुल्के वारियर्स (कप्तानः ज्ञातव्य सुवेदी), विराट वारियर्स (अनिस श्रेष्ठ), गछिया टाइगर्स (आयुष ढुङ्गेल), पाथिभरा टाइटन्स (अनिल आचार्य), रोयल हरैँचा (प्रमोद कार्की) र त्रिवेणी टाइगर्स (प्रदीप दास) रहेका छन् ।

क्लबका उपाध्यक्ष होमबहादुर पौडेलका अनुसार हरेक दिन बिहान ८ बजे पहिलो र दिउँसो १ बजे दोस्रो खेल हुनेछ ।
प्रतियोगितामार्फत् खेल प्रतिभा पहिचान, युवा खेलाडीहरूको क्षमता अभिवृद्धि तथा स्थानीय स्तरमा खेल संस्कृतिको विकासमा टेवा पुग्ने वडा नम्बर १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले बताउनुभयो । प्रतियोगिताको संयोजन वडा नम्बर १२ ले गरेको छ ।

मुख्य सहयोगी संस्थाका रूपमा नगर खेलकुद विकास समिति, सुन्दरहरैँचा रहेको छ । प्रतियोगिता ड्युज बलका आधारमा खेलाइनेछ । प्रतियोगिताको विजेताले ट्रफीका साथमा २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

विभिन्न विधागत पुरस्कारहरूको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । नगरभित्रका खेलाडी उत्पादन गर्ने उद्देश्यले खुलाइएको अनलाइन आवेदनमा १ सय १७ जनाले दर्ता गराएका थिए भने छानोट प्रक्रियाबाट ९० जना खेलाडी छनोट भएका थिए । सबै टोलीमा उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेकाले प्रतियोगिता अहिलेसम्मकै उत्कृष्ट हुने आयोजकको दाबी छ । आधाजसो खेलाडी १५ वर्षमुनिका रहेको आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगिता दोस्रो पटक आयोजना गरेको हो । पहिलो प्रतियोगिता सुन्दरहरैंचाका वडाबीच गराइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments