गोठगाउँः पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले नयाँ वर्ष २०८३ को अवसरमा हिजो भित्तेपात्रो विमोचनका साथमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रममा संस्थाले वर्षभर सञ्चालन गरेका सामाजिक अभियान र गतिविधिलाई समेटेर तयार गरिएको भित्तेपात्रो सार्वजनिक गरिएको हो । कार्यक्रममा स्थानीय सरोकारवाला, समाजसेवी तथा संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष विजय ओझाका अनुसार पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गरिएको हो ।



