Monday, April 13, 2026
Homeअर्थशेयररातो मुख लगाएर शेयर बजारले बिदाइ गर्याे यस वर्षलाई

रातो मुख लगाएर शेयर बजारले बिदाइ गर्याे यस वर्षलाई

विराटचोकः आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ४.१८ अंकले घटेर २ हजार ८३३.६० विन्दुमा अडिएको छ । ३४२ वटा कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर १ लाख १ हजार १८० पटक किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँको शेयर किनबेच भएको छ ।

आज ६ वटा समूहमा हरियाली छाउँदा ७ वटा समूहमा रातो पोतिएको छ । आज होटल समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढ्दा जलविद्युत समूह ०.६६ प्रतिशत, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, सामुहिक लगानी कोष ०.३६ र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बढेको छ ।

आज अन्य समूह सर्वाधिक अर्थात् १.६२ प्रतिशतले घट्दा बैंकिङ समूह ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, लघुवित्त ०.४२ र व्यापार ०.२१ प्रतिशतले घटेको छ ।

आज नेशनल हाइड्रोपावरको सर्वाधिक अर्थात ९३ करोड १९ लाख ४१ हजार ९८० रुपैयाँको शेयर किनबेच भएको छ । आज सुपरखुदी हाईड्रो, सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी र शिखर पावर डेभलपमेन्टको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज युनिक नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ३.६० प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४८ खर्ब ३२ अर्ब ८४ करोड ७५ लाख ८ हजार ३२२ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments