Tuesday, April 14, 2026
Homeशिक्षा र स्वास्थ्यनयाँ वर्षमा शिक्षा निकेतन मावि २०६५ एसएलसी ब्याचद्वारा शुभकामना आदनप्रदान

नयाँ वर्षमा शिक्षा निकेतन मावि २०६५ एसएलसी ब्याचद्वारा शुभकामना आदनप्रदान

सलकपुरः मोरङको सुन्दरहरैंचा–८ मा रहेको शिक्षा निकेतन मावि २०६५ एसएलसी ब्याच समूहको आयोजनामा सलकपुरस्थित भुल्के चिल्ड्रेन पार्कमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार आयोजित कार्यक्रममा विद्यालयका सहायक प्रधानध्यापक घनश्याम ढकालको प्रमुख आतिथ्यता रहेको थियो । वसन्त पाख्रिन तामाङको संयोजकत्वमा भएको शुभकामना आदनप्रदान कार्यक्रममा विभिन्न क्षेत्रबाट समूहलाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमले आपसी सम्बन्धलाई मजबुत बनाउने र सामाजिक एकता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रम संयोजक तामाङले लामो समयपछि साथीहरूसँग भेटघाट गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments