विराटचोकः बजार खुल्नासाथ सामान्य बढेको शेयर बजारमा त्यसपछि बिक्री चाप केही बढेपछि बजार ओरालो लागेको छ । सामान्य अंकले बजार ओरालो लाग्दा शेयर किन्ने र बेच्नेबीच मोलमोलाइ भइरहेको छ ।
किन्नेले पनि आक्रामक रुपमा शेयर किनेका छैनन् भने बेच्नेले पनि आत्तिएर शेयर बेचेका छैनन् । सूचक झर्दा बिक्रेता हाबी हुने र सूचक उकालो लाग्दा क्रेता आक्रामक भएको देखिन्छ ।
आज २ घण्टाको समयमा ४ अर्ब १६ करोड ९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको ५७ करोड २२ लाख ९२ हजार ९२६ रुपैयाँको शेयर किनबेच भएको छ ।
नेप्से सूचक ५.७८ अंकले घटेर २८३२ बिन्दुको आसपासमा शेयर किनबेच भइरहेको छ ।



