Monday, April 13, 2026
Homeखेलकुदविराट गोल्डकपमा पूर्व विजेता एपीएफलाई हराउँदै चर्च ब्वाइज पुग्यो सेमीफाइनलमा

विराट गोल्डकपमा पूर्व विजेता एपीएफलाई हराउँदै चर्च ब्वाइज पुग्यो सेमीफाइनलमा

विराटनगरः ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमीफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद रङ्गशालामा आइतबार राति भएको खेलमा पूर्वविजेता विभागीय टोली एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।

खेलको २७ औँ मिनेटमा आशिष सोनामले मिलाइदिएको क्रस पासमा समीर तामाङले गरेको गोल नै निर्णायक बनेको थियो । गोलकर्ता समीर नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ हात पारे ।

एपीएफले २०७८ सालमा भारतीय टोली पन्जाब पुलिस क्लबलाई १–० ले पराजित गर्दै विराट गोल्डकपको उपाधि जितेको थियो ।

आजको खेल विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments