Monday, April 13, 2026
Homeसमाचारआज कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

आज कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

विराटचोकः पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा पहाड र तराई भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments