विराटचोकः नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत कम्पनीहरुको आज शुक्रबार पनि किनबेच भएको छ । यसअघि आइतबारदेखि बिहीबारसम्म हप्तामा ५ दिनमात्रै शेयर कारोबार हुने गथ्र्याे । तर यो हप्ता आइतबारदेखि शुक्रबारसम्म ६ दिन शेयर किनबेच भएको छ ।
सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यो हप्ता ६ दिन कारोबार हुन पुगेको हो । यसै साताको आइतबार अबेर सरकारले सो निर्णय गरेको थियो । सो दिन शेयर कारोबार भइसकेको र सार्वजनिक बिदासम्बन्धी नियम तुरुन्तै लागू भएको हुनाले हप्तामा ६ दिन शेयर कारोबार भएको हो ।
अर्काे सातादेखि सोमबारदेखि शुक्रबारसम्म ५ दिनमात्रै शेयर कारोबार हुने भएको छ ।



