विराटचोकः सबै समूहको सूचक बढेर समग्रमा नेप्से आज ४८.७१ अङ्क बढेर २८५१.२४ बिन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३३८ कम्पनीको आज किनबेच भएको छ ।
२ करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर १ लाख ८ हजार ८६९ पटक किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँको शेयर किनबेच भएको छ । अन्य समूह सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ ।
जलविद्युत समूह २.७० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.५८ प्रतिशत, होटल तथा पर्यटन समूह २.३९ प्रतिशत, लगानी समूह १ प्रतिशत, फाइनान्स समूह १.४७ प्रतिशत, बैंकिङ समूह १.२४ प्रतिशत, माइक्रोफाइनान्स समूह १.२० प्रतिशत, निर्जीवन बीमा समूह १ प्रतिशत, जीवन बीमा समूह ०.९९ प्रतिशत, विकास बैंक समूह ०.७८ प्रतिशत, प्रतिशत र व्यापार समूह ०.६२ प्रतिशत र सामुहिक लगानी कोष समूह ०.१३ प्रतिशतले बढेका छन् ।
आज ८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
एनआइसी एशिया ब्यालेन्स्ड फण्डको शेयरमूल्य सर्वाधिक ६.७४ प्रतिशतले घटेको छ ।
सर्वाधिक कारोबार हुनेमा नेशनल हाइड्रोपावर रहेको छ । सो कम्पनीको ४३ करोड ४७ लाख ६६ हजार ४४९ रुपैयाँको शेयर किनबेच भएको छ । रिडी पावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, एसवाई प्यानल नेपालको सर्वाधिक कारोबार भएको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४८ खर्ब ४७ अर्ब ४२ करोड २६ लाख ९६ हजार ६७७ रुपैयाँ कायम भएको छ ।



