Thursday, April 9, 2026
Homeसमाचारअदालतले रोक्यो उद्योग वाणिज्य महासंघको साधारणसभा

अदालतले रोक्यो उद्योग वाणिज्य महासंघको साधारणसभा

काठमाडौंः पाटन उच्च अदालतको आदेशका कारण नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोकिएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनलाई विधानसम्मत् नभएको भन्दै महासंघबाट हटाइएपछि एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले मुद्दा दायर गर्दै माग गरेबमोजिम तत्काललाई महासंघको साधारणसभा रोकिएको बताइएको छ ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघसहित ७ संस्थाले चैत २२ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । २३ गते न्यायाधीश स्वीकृति पराजुलीले कारण देखाउ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी गरेकी थिइन् ।

चैत २५ गते न्यायाधीश गीताप्रसाद तिम्सिना र खडकबहादुर केसीले प्रमाण मिसिल साथै राख्ने आदेश जारी गरेका थिए । चैत २६ गते न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरी साधारणसभा रोकेको हो ।

अन्तरिम आदेशपछि साधारणसभा स्थगित गरिएको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले जनाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments