विराटचोकः अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ ।
हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नागरिक उड्डयन प्राधिकरणबीच समन्वयमा एक्सप्रेस वे प्रणाली लागू गरिएको हो ।



