विराटचोकः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायमै छ । जसका कारण आज बिहान देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि चैत २५ गते बिहानैदेखि सुदूर पश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यम वर्षाको सम्भावना छ ।



