Monday, April 6, 2026
Homeअर्थशेयरअर्थमन्त्री डा. वाग्लेले भने, ‘सरकारले शेयर बजारलाई अनावश्यक चलाउँदैन’

अर्थमन्त्री डा. वाग्लेले भने, ‘सरकारले शेयर बजारलाई अनावश्यक चलाउँदैन’

विराटचोकः नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूसँग आज भएको भेटवार्तामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजारको हितमा सरकारले काम गर्ने बताएका छन् । अर्थमन्त्री डा. वाग्लेले सरकारले शेयर बजारलाई अनावश्यक रुपमा नचलाउने बताएका हुन् ।

एसोसिएसनका प्रतिनिधिसँग पूँजी बजारको वर्तमान अवस्था र सुधारका उपायहरूका बारेमा भएको छलफलमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानबाट शेयर लगानीकर्ताहरु नडराउन अर्थमन्त्रीले आग्रह थिए । नेपाल हाल अन्तर्राष्ट्रिय संस्था ‘फाइनान्सियल एक्सन टास्क फोर्स’को ग्रे लिस्टमा रहेको हुनाले ग्रे लिस्टबाट निकाल्न पनि सरकारले गैरकानुनी कारोबार गर्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको उनको भनाइ थियो ।

दोषी कारवाहीमा पर्ने तर निर्दोष लगानीकर्ता डराउनुनपर्ने दीर्घकालीन लगानी गर्नेहरुको लागि नेपालमा स्वर्णिम युग शुरु हुने उनले बताएका थिए । सो भेटवार्तामा ब्रोकर एशोसिएसनले ६ बुँदे माग अर्थमन्त्रीसमक्ष राखेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments