Monday, April 6, 2026
Homeफिचरसरकारले २८ खर्ब विदेशी ऋण लिने भएपछि हर्क साम्पाङले सामाजिक सञ्जालमा यसरी...

सरकारले २८ खर्ब विदेशी ऋण लिने भएपछि हर्क साम्पाङले सामाजिक सञ्जालमा यसरी गरे विरोध

विराटचोकः सरकारले २८ खर्ब विदेशी ऋण स्वीकार गर्ने निर्णय गरेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले त्यसको विरोध गरेका छन् । मन्त्रिपरिषद् बैठकलाई कोठे बैठकको संज्ञा दिँदै सरकारले पुरानै सरकारको जस्तै गरी निर्णय गरेको बताएका हुन्

आइतबार बसेको मन्त्रिषरिषद्को बैठकले डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर (२८ खर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेपछि अध्यक्ष राईले सो निर्णयको विरोध गरेका हुन् ।

सरकारले विदेशी ऋण लिएर डिजिटल कुरामा लगानी गर्नुभन्दा नागरिकका आधारभूत कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ । देशको विकासका लागि सबैभन्दा पहिला उत्पादानमा जोड दिनुपर्ने उनको भनाइ छ ।

राईले विदेशी ऋण घटाउनुपर्नेमा उल्टै थप ऋण लिनु गलत भएकोले त्यसलाई नस्वीकार्ने प्रतिक्रिया दिएका हुन् । यस विषयलाई लिएर उनले फेसबुकमा एउटा भिडियो राखेका छन् ।

त्यस्तै, हिजोदेखि विभिन्न समयमा सो विषयमा आधारित भएर स्टाटस लेखेका छन् । उनले स्टाटसमा ‘सरकारले किन यति बिधि ऋण लिन खोजेको हो ? औचित्य के हो ? अर्थमन्त्री ज्यु उत्तर चित्त बुझ्दो तयार गरेर बस्नु होला !’ लेखेका छन् ।

सोही सम्बन्धमा दोस्रो स्टाटसमा लेखेका छन्, ‘सरकार गठन भाको २८ दिन भाको छैन २८ अर्ब ऋण नेपाली हो… दिन फर्केला जस्तै छ है !’

तेस्रो स्टाटसमा उनले लेखेका छन्, ‘सदनमा नल्याई आज कोठे बैठकबाटै ऋण लिने निर्णय गरिदिने सरकारले अरु सन्धि सम्झौता पनि कोठाबाटै पारित गर्लान् भन्ने देखिन्छ ! यो चलनको अन्त्य गर्नु पर्छ ! सदनमा तीन करोड नेपालीले देख्ने गरी बहस गरेर पारदर्शी निर्णयहरु गरौँ ! जनमत भनेको खुसीखुसी गर्ने लाइसेन्स नसम्झौँ !’

चौथो स्टाटसमा लेखेका छन्, ‘धारामा पानी छैन ! खेतमा कुलो छैन, मल बीऊ छैन ! अस्पतालमा न्युनतम औषधि छैन ! विद्यालय र अस्पताल जाने पुल छैन ! गाउँमा अझै बाटो पुगेको छैन ! उत्पादनको उ छैन ! तिम्रो डिजिटल नेपाल ? त्यो पनि ऋण लिएर ! घोर आपत्ति ! घोर विरोध !’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments