Monday, April 6, 2026
Homeसमाचारप्यानलसहित उद्योग वाणिज्य महासंघ कोशीमा राजेन्द्र राउत विजयी

प्यानलसहित उद्योग वाणिज्य महासंघ कोशीमा राजेन्द्र राउत विजयी

विराटनगरः हिजो भएको निर्वाचनमार्फत् नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा राजेन्द्र राउतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । दोस्रो कार्यकालका लागि राउत निर्वाचित हुँदा उनले प्रतिष्पर्धी नवीन रिजालको समूहलाई निकै पछि पारेका हुन् ।

राउतले १४२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नवीन रिजालले ५८ मत ल्याए । राउतले एशोसिएटतर्फ १०७ मत ल्याउँदा रिजालले ३९ मत, जिल्ला नगरतर्फ राउतले २४ र रिजालले १३ मत तथा वस्तुगत तर्फ राउतले ११ र रिजालले ६ मत ल्याएका थिए ।

निर्वाचनमा जिल्ला नगरतर्फको उपाध्यक्षमा झापाका ऋषिराज तिम्सिना, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा विराटनगरका श्रवणकुमार अग्रवाल निर्विरोध चयन हुँदा एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् ।
पदाधिकारी तहमा निर्विरोध नेतृत्व चयन भए पनि अध्यक्ष र सदस्य पदमा मात्रै निर्वाचन भएको थियो । सदस्य पदमा पनि राउत प्यानलकै उम्मेदवारहरुको जीत भएको हो ।

परिणामअनुसार खुला सदस्यतर्फ जिल्ला नगरबाट कृष्णप्रसाद रिजाल, राजु ढुंगाना ‘राजीव’, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् ।

वस्तुगत तर्फको सदस्यमा सुवास आचार्य र दीपक पाण्डे भएका थिए । उनीहरु सबै राउत प्यानलका हुन् ।

नेतृत्व चयनका लागि २०५ मतदाता सहभागी भएका थिए । जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएट सदस्यहरुबाट १४८ जनाले मतदान गरेका थिए ।

तीन वर्ष अघि निर्विरोध नेतृत्व हात लिएका राउतले अब तीन वर्षका लागि फेरि नेतृत्व लिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments