विराटचोकः सिन्धुली क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् । २१ फागुनको निर्वाचनपछि पहिलो प्रतिनिधिसभा बैठकको लागि गजुरेल साइकलमा सिंहदबार पुगेका हुन् ।
सडक सुरक्षा र हरित ऊर्जाका पक्षपाती रहेका गजुरेलले आज बिहान १० बजे आसपास सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेका थिए ।
यस्तो छ उनले लेखेको स्टाटसः
१ सम्भब भए सम्म हिडौ
२ साइकल भए, प्रयोग गरौ
३ सार्बजनिक यातयात प्रयोग गरौ
४ बिधुतिय उर्जा को प्रयोग प्राथमिकतामा राखौ
पेट्रोल\डिजेल को प्रयोग कम गरौ।




