काठमाडौंः नेपाल निर्माण व्यवसायी महासंघको जारी महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध भएका छन् ।
सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का निकोलस पाण्डे प्यानलका हुन् ।
हिजो उम्मेद्वारी दर्ताको कार्यक्रममा लुम्बिनीबाट केन्द्रीय उपाध्यक्षमा खड्काको एकल उम्मेद्वारी परेको थियो ।
निर्माण व्यवसायीहरूको हकहित संरक्षण, पेशागत सुरक्षाको प्रत्याभूति र व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएर खड्का चुनावको तयारीमा जुटेका थिए ।
महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा कालिका कन्स्ट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामाको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।



